गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
+
-

गुल्मी – बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ। मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्यासउन मुस्किल भएको छ।

कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए।

मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट यस पटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताउनुभयो। कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उहाँले बताउनुभयो।

कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आइरहको छ। यहाँको नसरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ। यस पटक पनि गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको कार्यालयले जनाएको छ।

कफीका बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण मागअनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको छैन। मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको स्रोतकेन्द्र पनि हो। तत्कालीन राजा वीरेन्द्रले विसं २०४१ मा आँपचौरमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रुपमा कफीखेती गर्न सुरु गरिएको थियो।

कफी विकास केन्द्रमा प्रतिबिरुवा अहिले रु ४० मा बिक्री हुँदै आएको छ। कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्नेलगायतका काम गर्दै आएको छ। यसका लागि कफी उत्पादन हुने समयमा ४० देखि ५० जना व्यक्तिले अस्थायी रुपमा रोजगारी पाउने गरेका छन्। केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिन समेत उपलब्ध छ।

कफी बगैँचा स्थापना गर्नका लागि केन्द्रले आँपचौरमा अहिले १८४ रोपनी जग्गा खरिद गरेको छ। उक्त बगैँचामा यतिबेला १२ हजार कफीका बिरुवा लगाई सकिएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो। कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा कफी बगैँचा विस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा ६० हजार कफीका बिरुवा रोपण गरिएको छ।

पछिल्लो समयमा किसानलाई कफीमा लाग्ने सेतो गबारो मुख्य समस्या बन्दै गइरहेको छ। सेतो गबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोट नष्ट हुने अवस्थामा रहेका छन्। जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको किसानहरुको गुनासो। गुल्मीमा अहिले करिब ३०० हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ।

गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीयतहले कफीको क्षेत्रमा काम गर्दै आइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?