
एयर इन्डियाका एक क्रु मेम्बरलाई सुन तस्करिको आरोपमा पक्राउ गरिएको छ। एयरलाइन्सकै कर्मचारी सुन तस्करीमा संलग्न रहेको विशेष सूचनाका आधारमा, राजस्व गुप्तचर निर्देशनालय (डीआरइ), मुम्बईले १३ जुनमा न्यूयोर्कबाट आएको एयर इन्डियाको उडान एआइ–११६ मा रहेका एक पुरुष क्रु सदस्यलाई नियन्त्रणमा लिएको हो।
सुरुमा गरिएको जाँचमा केही फेला परेको थिएन्। तर सोधपुछपछि खुलासा भयो कि ती क्रु सदस्यले सुनका टुक्राहरू कालो डक्ट टेपले बेरेर एक पाउचमा राखेर उडान भरेका थिए। फ्लाइटपछि गरिने ब्रेथ एनालाइजर परीक्षणका क्रममा उनले त्यो पाउच ब्यागेज सेवाको क्षेत्रनजिक लुकाइदिएका थिए।
यो खुलासापछि डिआरआइका अधिकारीहरूले उक्त पाउच बरामद गरेका थिए। जहाँ १,३७३ ग्राम सुन फेला परेको थियो। थप सोधपुछका क्रममा, ती क्रु सदस्यले यसअघि पनि पटक–पटक सुन तस्करी गरेको स्वीकारेका छन्।