सातै प्रदेशको कला संस्कृति समेट्दै सकियाे ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’

सातै प्रदेशको कला संस्कृति समेट्दै सकियाे ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’
+
-

सातै प्रदेशको कला संस्कृति समेट्दै एक दिने ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ सकिएकाे छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले उद्द्घाटन गरेका थिए।

भृकुटी मण्डपस्ठित नेपाल पुलिस क्लबमा भएकाे उत्सवले राष्ट्रिय एकता, पहिचान र आत्मगौरवलाई समृद्ध बनाएको बताए राज्यमन्त्री चौधरीले। ‘उत्सवमा विद्यार्थी सहभागी गराएर नयाँ पुस्तालाई लोपोन्मुख मौलिक संस्कृति हस्तान्तरण गर्न, आफ्नो जराको खोजी गर्ने, आफ्नो संस्कृतिमा गौरव गर्ने, आफ्नो मौलिक सङ्गीत, नृत्य र नाट्यको संरक्षण, संवद्र्धन, प्रवद्धन र सर्वाङ्गिण विकास गर्दै व्यवसायिक बाटोतर्फ अग्रसर हुने नयाँ सन्देश दिएको छ।’ राज्यमन्त्री चौधरीले भने।

उत्सवको संयोजक उपकुलपति शम्भू राईले आयोजनाको अौचित्यका माथि बारेमा भने, ‘हामी १२४ भन्दा बढी भाषी र १४२ भन्दा बढी जातजाति रहेका छौँ । हामीमा भएको यो विविधतालाई शक्तिको रुपमा हामीले उपयोग गर्न सक्नुपर्छ । त्यसैले यो उत्सवको आयोजना गरेका हौँ ।’
उपकुलपति राईले अल्पसङ्ख्यकका सङ्गीतलाई उत्सवमा प्राथमिकता दिएको बताएजस्तै कोसी प्रदेशमा अल्पसङ्ख्या बसोवास गर्ने आठपहरिया राई जातिका कलाकारले च्याब्रुङ (ढोल) नाच र ‘माखन्डासे।।।’ गीत प्रस्तुत गरेका थिए ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा र फुङाहाङ देवको आराधना गर्दै कहिले सुस्त, कहिले तिब्र, गोलाकार शैलीमा महिला पुरुषले नाचिने यो नाच दर्शकका लागि रोचक थियाे। त्यसैगरी मङ्सिरे पूर्णिमा गाइने ‘माखण्डा।।’ गीतलाई शिशिर आठपहरियाले प्रस्तुत गर्दा यसको भाकाले दर्शकको मुग्ध पारेको थियो।

कार्यक्रमका अध्यक्ष कुलपति निशा शर्मा पोखरेलले भोलिका कर्णधार युवा पुस्ता विद्यार्थीको सहभागिता भयो भने कला संस्कृति थप संरक्षण हुने बताइन्।

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव’ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको, समावेशी नेपालको, नयाँ नेपालको वास्तविक उत्सव रहेकाे बताइन् सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले भनिन्।

कार्यक्रममा सात प्रदेशका पन्ध्रवटा प्रस्तुति रहेको थियो भने अन्तिममा कवि लक्ष्मी मालीको ‘आमा तिम्रो नाम के हो र’ कवितालाई  रंगकर्मी वीरेन्द्र हमालले नाट्य रुपान्तरण गरी प्रस्तुत गरेका थिए।

उत्सवमा लुम्बिनी प्रदेशबाट लालमाया बुढामगरको टोलीले लोकनाट्य शैलीमा प्रस्तुत गरेको डिग्री पैसरी र लस्के नृत्य विशेष रहेको थियो। डिग्रे पैसरी नाच रुकुम पूर्वका मगर समुदायमा चैते दसैँमा देवी पूजा गर्दा घरघरबाट ध्वजा उठाई नाचिने नाच हो भने लस्के नृत्य रुकुम पूर्व र रोल्पाका मगर समुदायले जन्मदेखि मृत्यु संस्कारसम्मका विषयलाई समेटेर गाउँदै नाचिने नृत्य हो।

गण्डकी प्रदेशबाट प्रस्तुत झामरे नाच र यानीमाया गीतऽ मादल, झर्रा र डम्फुको तालमा दसैँको अष्टिमीदेखि माघसम्म झामरे नाच बागलुङ क्षेत्रका मगर समुदायले नाच्ने गर्दछ। त्यसैगरी ‘यानीमाया।।।’ भाका पनि गण्डक क्षेत्रका मगर, थकाली र छन्त्याल समुदायले परमपरादेखि गाउँदै आएको मौलिक भाका हो। कलाकार यामबहादुर मगरले आफ्नो टोलीले यी दुवै नाच र गीत प्रस्तुत गर्दा अहिलेसम्म रेकर्ड नभएको बागलुङ तारा खोला आसपास भाकालाई उत्सवमा प्रस्तुत गरिएकाे थियाे।

सुदूर पश्चिम प्रदेशबाट श्री देवभूमि सुदूरपश्चिम बैतडी छलिया दल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुतिमा छलिया नृत्य र देउडा गीत प्रस्तुत भएकाे थियो। सुदूर पश्चिम र कर्णाली प्रदेशमा खस भाषामा गाइने देउडा गीत कलाकार हेमन्ता भट्टराईले प्रस्तुत गरेकी थिइन् भने छलिया नृत्यको संयोजन जनक महराले गरेका थिइन्। म धेस प्रदेशबाट सङ्गीतकर्मी टेकबहादुर बलम्पाकीको संयोजनमा भोजपुरी भाषामा श्रमको भाव झल्कने गीत रञ्जीत कुमार पाण्डे र कुश्मिता दर्लामी मगरले गाएका थिए।

वागमती प्रदेशबाट काठमाडौँ उपत्यकामा नेवार समुदायले भाद्र महिनामा सडकमा नान्चे घिन्ताङघिसी नृत्य र गाइजात्रामा नाचिने फकन्दली नृत्यको प्रस्तुतिले दर्शकमा मौलिक र जीवन्त भाव पैदा गरेकाे थियो। मगर समुदाय प्रचलित टप्पा भाका लिएर प्राज्ञ टिका पुन जब मञ्च उक्लिएका थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?