लेखक प्रकाश पन्थीकाे औपन्यासिक पुस्तक ‘महबी मिका’ माथि परिचर्चा भएकाे छ।
राजधानीमा भएकाे परिचर्चा कार्यक्रममा लेखक समालाेचक राजकुमार बानियाँ, लेखक समीक्षक गुरुङ सुशान्त, शिक्षक ददिराम पन्तले पुस्तकमाथि चर्चा गरेका थिए।
पुस्तक महबी मिका प्रयाेगधर्मी भए पनि भाषा र अब्बल लेखाइले पठनयाेग्य रहेकाे बताए। ‘परम्परागत कथा वाचनलाई अस्विकारेकाे उपन्यास ‘महबी मिका’ले पाठकलाई पढ्न मेहनत गराउँछ। मनाेविश्लेषण गर्नु पर्ने किताब हाे। लेखक साेझाे लेखनबाट पर छन्।’
त्यसैगरी समीक्षक गुरुङ सुशान्तले महबी मिकाकाे भाषा अत्यन्तै बलियाे भएकाे बताए। काैतुहल जगाउने खालकाे लेखनशैलेकाे उनले खुलेर प्रशंसा गरे । भने, पुस्तकै जाँदा काब्यिक भाषाले तान्छ। कतिखेर कवितामा कतिखेर अध्यात्मप्रति झुकाव भएकाे लेखक जस्ताे लाग्याे।’
त्यसैगरी लेक्चरर ददिराम पन्तले डायस्पाेरा साहित्यलाई मात्रै नभएर नेपाली साहित्यमा खाेजिन उपन्यासका रुपमा आएकाे बताए। उनले भने, ‘बिल्डम्स राेम्यान कमिङ अफ एज नाेबेलकाे शैलीकाे छ। लेखकले उपन्यासबाट आजकाे समाजकाे बिकृतिमाथि सट्यार गर्छन्।’
हाल अष्ट्रेलिया बस्दै आएका लेखक पन्तले २ हप्तामा उपन्यास लेखेकाे बताए। पुस्तक इन्डिगाे इन्कले प्रकाशन गरेकाे हाे।

भर्खरै
लोकप्रिय






































































































































































































