टी-२० ट्राइ सिरिज: नेदरल्यान्ड्सलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल  

टी-२० ट्राइ सिरिज: नेदरल्यान्ड्सलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल   
+
-

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आफ्नो उपाधि सम्भावना कायम राखेको छ। बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले भोली हुने खेलमा स्कटल्यान्डलाई हराएमा उपाधि जित्ने छ।

जारी सिरिजको आफ्नो तेस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ७५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो।

नेदरल्यान्ड्सका लागि ‌ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रनको सानदार अर्धशतकीय इनिङ खेलेका थिए। उनले ५३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे। उनी बाहेक सुरुवाती लाइनअप टिक्न सकेको थिएन्। तर मध्य क्रममा आएका रोलअफ भान डेर मेर्युले २१ बलमा ३६ रनको नटआउट इनिङ खेल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए। त्यस्तै सादिक जुल्फिकरले १४ रन बनाउँदा आर्यान दतले १७ रन बनाए।

नेपालका लागि करण केसीले २ विकेट लिंदा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

१ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य दुइ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बल खेल्दै ६५ रन बनाए। उनले आफ्नो इनिङमा ४ चौका प्रहार गरे। त्यस्तै भिम सार्कीले २७ रन बनाउँदा आरिफ शेख ३९ रनमा रिटायर्ट हर्ट भएका थिए। त्यसपछि क्रिजमा आएका लोकेश बमले ४ बलमा १२ रन बनाए। उनले अन्तिम ओभरमा २ छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका थिए। उनी अघि दिपेन्द्र सिंह ऐरीले १६ रनको अविजित इनिङ खेलेका थिए।

जितपछि नेपालको ३ खेलबाट नेदरल्यान्ड्स समान ४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लियो। आफ्ना सबै खेल खेलेको नेदरल्यान्ड्सको पनि ४ अङ्क रहेको छ। तेस्रो स्थानमा रहेको स्कटल्यान्डको भने २ अङ्क छ। अब भोली हुने नेपाल र स्कटल्यान्डबिचको खेलको विजेताले उपाधि जित्ने छन्। डबल राउन्ड रोविन लिगका आधारमा जारी प्रतियोगितामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?