अख्तियारको तर्फबाट सुशील पन्तले माधव नेपालविरुद्ध बहस गर्ने

अख्तियारको तर्फबाट सुशील पन्तले माधव नेपालविरुद्ध बहस गर्ने
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दामा बहस गर्न अख्तियारले निजी वकिल पनि हायर गरेको छ।

आयोगले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई बहसका लागि उपस्थित गराउने भएको हो। पन्तले संसद् विघटन मुद्दामा सरकारकाविरुद्ध बहस गरेका थिए। उनी रवि लामिछानेको पक्षबाट पनि अदालतहरूमा प्रतिनिधित्व गर्दै आएका छन्।

सरकारका तर्फबाट सरकारी वकिलहरुले थुनछेक बहस गर्नेछन्। त्यसपछि नेपालको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता कपिल ढकालसहितले बहस गर्नेछन्।

अहिले विशेष अदालतमा नेपालको बयान भइरहेको छ। नेपालको मुद्दा विशेष अदालतको इजलास नं. २ मा परेको हो।

नेपालले यसअघि ‘अदातलमा उपस्थित हुन पाऊँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए। सोहीअनुसार उनी आज अदालतमा उपस्थित भएका हुन्। उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ।

पताञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ।

यो पनि: 

माधव नेपालको मुद्दा न्यायाधीश राई, थापा र कोइरालाको इजलासमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?