तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ
+
-

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका थाहा नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिए।

“ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस फेला पारेका छौँ”, उनले भने, “चालकको साथबाट रु एक लाख ९२ हजारसमेत बरामद गरेका छौँ ।”

चालक स्याङ्तानलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?