‘हेट स्पिच’ दिनेलाई फेसबुकमा सार्वजनिक गर्ने एलिना र समीक्षाको कार्यलाई दीपकले गरे प्रशंसा

‘हेट स्पिच’ दिनेलाई फेसबुकमा सार्वजनिक गर्ने एलिना र समीक्षाको कार्यलाई दीपकले गरे प्रशंसा
+
-

काठमाडौँ- ‘हेट स्पिच’ दिनेलाई फेसबुकमा सार्वजनिक गर्ने गायिका एलिना चौहान र समीक्षा अधिकारीको कार्यलाई चलचित्र निर्मता तथा कलाकार दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन्।

दीपक सामाजिक सञ्जालमा केही न केही लेखिरहन्छन्। उनी कहिले राजनीतिमाथि व्याङ्ग्य, कहिले चलचित्रका विषयमा लेख्छन्। आज शुक्रबार भने उनले यी दुई गायिकाको खुलेर प्रशंसा गरेका हुन्।

गायिकाद्वयकाे प्रशंसा गर्दै उनले लेखेका छन्,’यी दुवै मलाई मन पर्ने गायिका हुन्। त्यो मध्य पनि समीक्षाको त गायकीको मात्रै होइन सुरूदेखि उनको सहासको पनि प्रशंसक हुँ। सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्‍याे त्यो ठाउँमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर उनीले परिस्थितिसँग घुँडा टेकिनन र लड्दै आइन् त्यसकै फलस्वरूप आज यहाँ पुगिन्।’

उनले सामाजिक सञ्जालमा एलिना र समीक्षाकाे फाेटाे सेयर गर्दै अनावश्यक लेख्नेमाथि पनि टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा फुर्सदिला भनिएका र समाजका लागि सिन्काे नभाँच्नेहरूले अनावश्यक लेख्ने गरेकाे उनको टिप्पणी छ।

‘आफूमाथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ। दुवै जनालाई शुभकामना,’ उनले लेखेका छन्।

गायिकाद्वय केही दिनयता आफूहरूविरुद्ध सामाजिक सञ्जालमा छुद्र टिप्पणी (हेट स्पिच) गर्नेहरूको प्रतिकारमा उत्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?