
हुम्ला – साहित्यकार बसन्त बाध्यताश्री को साहित्यिक कृति भोट माथि हुम्लामा परिचर्चा गरिएको छ। साहित्यीक कृतिका बारेमा जानकारी दिनका लागि सो कार्यक्रम आयोजना गरिएको छ।
साहित्यीक कृति भोटको बिमोचन कार्यक्रम काठमाडौंमा आयोजना गरिएको कारण जिल्लामा सो कृतिको बारेमा जानकारी नभएको र स्थानीय साहित्यकारहरुको उपस्थितीमा परिचर्चा कार्यक्रम आायोजना गरिएको साहित्वकार बसन्त रोकायाले बताए।
अहिलेको राजनीति केवल भोटको लागि भई रहेको बिषयबस्तुलाई खण्डकाव्यमा समेटिएको छ। त्यो कुरा परिचर्चामा साहित्यका रोकायाले स्पष्ट प। त्यसैगरि स्थाारेका थिए। स्थानीय साहित्यकारहरुले पनि भोट खण्डकाव्यका वारेमा पनि चर्चा गरेका थिए।
बिशेष गरी साहित्यकार मधु बस्नेत शाही, लेखक कुन्जोक लामा, साहित्यकार नविन शाहीले भोटको बारेमा टिप्पणी गरेका थिए भने समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र खार्पुनाथ गाउँपाालिकाका अध्यक्ष कर्णबहादुर रावलले प िउक्त खण्ड काव्यका बारेमा चर्चा गरेका थिए। बसन्तश्रीको ब्यक्तित्वका वारेमा बक्ताहरुले चर्चा गरेका थिए।
साहित्यकार रोकायाको यो तेस्रो खण्ड काव्य हो। यसअघि यार्सा र हिमाल खण्ड काव्य प्रकाशित भई सकेका थिए। अन्य नौ वटा कृति समेत उनले प्रकाशन गरि सकेका छन