
काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट शुक्रबार ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ बस्ने ४० वर्षिय मोहम्मद अक्टर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव छन्।
उनीहरुलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोको विशेष सूचना आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
साथै उनीहरुको साथबाट ब्राउन सुगर जोख्न प्रयोग हुने एक थान तराजु, मोवाईल ३ थान, पासपोर्ट २ थान, नागरिकता १ थान र नगद १२ हजार १ सय ७५ रुपैयाँ समेत बरामद गरिएको छ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छ।