देशभर धमाधम रोपाइँ जारी

देशभर धमाधम रोपाइँ जारी
+
-

काठमाडौँ- समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहज रुपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धान खेती हुने अपेक्षा गरिएको छ ।

नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?