विद्या लक्षित ओलीको टिप्पणी– पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिनेछ

विद्या लक्षित ओलीको टिप्पणी– पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिनेछ
+
-

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए।

“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, उनले भने, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा मात्र होइन, उनी पार्टी अध्यक्ष बन्नेसम्मको अभियानमा लागेपछि एमालेभित्र अहिले तरङ्ग देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?