कर्णालीमा ३९ प्रतिशत रोपाइँ सकियो

कर्णालीमा ३९ प्रतिशत रोपाइँ सकियो
+
-

हुम्ला – मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भइरहेको छ। हालसम्म प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको छ। सिँचाइ सुविधा भएका र खोला आसपासेका खेतमा रोपाइँ सकिएको छ।
मध्यअसारसम्म सबैभन्दा बढी जुम्ला, हुम्ला, डोल्पामा ९०÷९० प्रतिशत रोपाइँ भएको छ। मुगुमा ४०, रुकुम–पश्चिममा ५५ र जाजरकोटमा १७ प्रतिशत खेतमा रोपाइँ गरिएको छ।

त्यस्तै सल्यानमा ६५, दैलेखमा ३२, कालीकोटमा ४२ र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ। कर्णालीमा धान खेती हुने ४१ हजार ५०५ हेक्टर क्षेत्रफल मध्ये २९ हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो।

यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ। कर्णाली प्रदेशमा खास गरी मार्सी, हाइब्रिड, शङ्कर, खुक्खा जातका धान लगाउने गरिन्छ। यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ। विगतमा जस्तो रासायनिक मल अभावको समस्या नहुँदा पनि किसानले समयमै धान रोप्न पाएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?