महिला अधिकारकर्मी चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वीभिङ माइ साउथ एसिया टेपेस्ट्री’ सार्वजनिक

महिला अधिकारकर्मी चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वीभिङ माइ साउथ एसिया टेपेस्ट्री’ सार्वजनिक
+
-

काठमाडौँ- महिला अधिकारकर्मी चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वीभिङ माइ साउथ एसिया टेपेस्ट्री’ सोमबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ।

शिक्षाविद् केदारभक्त माथेमा, मान्त्री शरद सिंह भण्डारी, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मानवअधिकार चरण प्रसाई, डाक्टर बिना प्रधान, रिता थापा महिमा राणा, माया लोहनी, महिला अधिकारकर्मी संगीता राणा थापालगायतले पुस्तक सार्वजनिक गरेका थिए ।

राष्ट्रिय सभा सदस्यका लागि सिफारिसमासमेत परेकी जोशीले जीवनको ६० वर्ष महिला अधिकारका सवालमा खेलेको भूमिका र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा गरेको बारेमा चर्चा भएको थियो ।

शिक्षाविद् माथेमाले उनलाई सहासी महिलाको संज्ञा दिए। महिलाका लागि राष्ट्रसंघीय विकास कोषको दक्षिण एशिया निर्देशकका रुपमा काम गरेकी जोशीले यो संस्मरणात्मक पुस्तक यसअघि अमेरिकामा प्रकाशनमा आएको थियो।

पाल्पामा जन्मेकी जोशी पुग नपुग २० वर्षको उमेरमै उनले काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्य पढाउन थालिन् । पढाउन थालेको ३ वर्षपछि, सन् १९६८ मा मोहनराज जोशीसँग विहे भयो ।

विहे भएको तीन वर्षभित्र उनी पदमकन्याको अंग्रेजी विभाग प्रमुख बनिसकेकी थिइन् । सन् १९७५ मा सरकारी तालिम सामग्री उत्पादन कार्यक्रमको अंग्रेजी सम्पादक बनिन्, गृह मन्त्रालय अन्तर्गत ।

१९८१ मा महिला विकास डिभिजनको सहसचिव नियुक्त भइन् । १९९० मा युनिफेमको क्षेत्रीय कार्यक्रम निर्देशक बनिन्। त्यसको २ वर्षमा, १९९२ जुलाइमा काठमाडौंमा भएको थाइ एयरवेजको विमान दुर्घटनामा श्रीमान र छोरी गुमाइन् ।

वकिल बन्न चाहेको मान्छे कसरी भइन् त अधिकारकर्मी ? भन्छिन्, ‘एकताका लोकसेवा आयोगमा २ पदका लागि १२ जनाको प्रतिष्पर्धा थियो । ती मध्ये २ महिला मात्रै थिए । तर के कम भन्ने लाग्यो । प्रतिष्पर्धामा हार खाइएन ।’

पुस्तक सार्वजनिक कार्यक्रममा उनीमाथि बनेका डकुमेन्ट्री र केही गीत पनि प्रदर्शन गरिएको थियो। अंग्रेजी भाषामा प्रकाशित पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?