सरकारले असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रुपमा मनाउने

सरकारले असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रुपमा मनाउने
+
-

काठमाडौँ – नेपाल सरकारले हरेक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ।

नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस निर्णयको औपचारिक घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले चलचित्रको ६०औँ वर्षको अवसरमा नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने निर्णय गरिएको जानकारी दिए। चलचित्र विकास बोर्डको सिफारिसमा गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो।

वार्षिकोत्सवको अवसरमा बोर्डले नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टरअङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको थियो। यसै कार्यक्रममा मन्त्री गुरुङद्वारा ‘बक्स अफिस एप’ अनावरण गरिएको छ। साथै, ‘चलचित्रमा नेपालको पहिलो’ नामक पुस्तक विमोचन गरिनुका साथै बोर्डबाट प्रदान गरिने ३३ वटा सेवाहरूको अनलाइन सर्भिस उद्घाटन पनि भएको थियो।

बोर्डको २५औँ वर्ष प्रवेशको रजत जयन्तीको अवसरमा सर्वाधिक आम्दानी गर्ने २५ चलचित्रहरूमध्ये ‘पूर्ण बहादुरको सारङ्गी’, ‘कबड्डीका ४ सिरिज’, ‘जारी’, ‘दिमाग खराब’ र ‘अञ्जिला’ गरी ८ वटा चलचित्र सर्वाधिक आम्दानी गर्नेमा दर्ज भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?