पहिरोको उच्च जोखिममा सर्केगार्ड बजार

पहिरोको उच्च जोखिममा सर्केगार्ड बजार
+
-

हुम्ला – गाउँपालिका केन्द्र समेत रहेको सर्केगार्ड बजार पहिरोको उच्च जोखिममा रहेको छ। माथि पहिरो आउने निक्कै भिरालो जमिन र तल घरटहरा निर्माण गरेर बस्ती बसी रहेको कारण पहिरोको उच्च जोखिममा देखिएको हो।

सर्केगार्ड बजारकी बसन्ती शाहीले गाउँपालिका केन्द्र समेत रहेको बजार क्षेत्र पुरै पहिरोको उच्च जोखिममा रहेको बताईन। बर्षा याममा पानी पर्दा सधै ढुङ्गा खसी रहने भएको कारण घरमा क्षेती समेत पुगेको बताउदै उनले अहिलेसम्म मानवीय क्षेती र पशुवस्तुलाई समेत कुनै चोट पटक भने नलागेको बताए। पानी पर्दा रातीको समय सुरक्षित स्थानतर्फ जाने गरेको बताउदै कुनै दिन ठुलो क्षेती आउने गरी पहिरो जाने संभावना बढी रहेको उनको भनाईे छ। सर्केगार्ड गाउँपालिका– ५ का पुर्व वडा अध्यक्ष कर्णजंग शाहीले गोठी खोला पुर्वपट्टीको बजाार पुर्ण रुपमा पहिरोको उच्च जोखिममा रहेको बताए।

आफु वडा अध्यक्ष हुँदा त्यसरी जोखिम भएको स्थानमा बस्ती बिस्तार नगर्न आग्रह गरिएको भएपनि केही नलागेको तर हिउद र बर्खामा सधै स्थानीय डराई डराई बस्नु परिरहेको उनको े भनाई रहेको छ। सङ्घीयता अघि सो स्थानमा कुनै घरहरु नभएको अबस्थामा सङ्घीयतापछि सर्केगार्ड गाउँपालिका केन्द्र नै तोकिएपछि मानिसहरु जग्गा खरिद गरेर घर निर्माण गरेर ब्यापार ब्यवसाय गरेर बस्ने गर्न थालेपछि बस्ती बिस्तार भएको छ। पहिरो जाने जोखिम रहेको स्थानमा बोट बिरुवा कुनै पनि छैनन र भिरोलो जमिनका साथै ढुङ्गा माटो मात्र भएको कारण पहिरोको जोखिम जहिल्यै पनि रहेको छ।

अर्की स्थानीय कबिता शाहीले बर्खामा पानी परेको समयमा आफ्नो घरमा नसुतेर खोला पारीको छिमेकीको घरमा गएर वास वस्ने गरेका छन । कुनै पनि दिन बाढी पहिरो आउने बढी संभावना रहेको कारण भिरालो जमिनमा बृक्षरोपण गर्न आवश्यक रहेको देखिन्छ। पछि पछुताउनु भन्दा पनि यो पहिरोको जोखिम भएको बस्तीलाई अन्यत्र सार्नका लागि गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको उनको भनाई छ।

उक्त स्थानमा १०७ वटा पक्की, माटोले छापेका, जस्ताले छापेका र टहराहरु निर्माण गरि बजार बिस्तार गरिएको छ। यो बजारमा तीन सय भन्दा बढी मानिसहरु बस्दै आउनु भएको छ भने बस पार्क पनि रहेको छ। चार वटा गाडी मर्मतका लागि ग्यारेज पनि स्थापना गरिएका छन। यता गाउँपालिकाले भने बस्ती बिस्तार नगर्न भन्दा कसैले नमानेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?