हुम्लाका दर्जन हिमतालमा पानीको सतह घट्यो

हुम्लाका दर्जन हिमतालमा पानीको सतह घट्यो
+
-

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा पानीको सतह घट्दै गएको छ। हिउदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानी सतह घट्दै गएको हो।

नाम्खा गाउपालिका– ३ का फुर्वा तामाङले न्यालु, छुवा, ताक्ची, लाप्चा क्षेत्रका एक दर्जन हिमतालम पानीको सतह घट्दै गएको बताए। उनले न्यालु क्षेत्रको चार हजार पाँच सय मिटर उचाईमा रहेको सेलिमाङ तालको पचहत्तर प्रतिशत पानी सुकेको बताए। गतवर्ष यो समयमा उक्त तालमा पानीको सतह राम्रै भएपनि यो वर्ष यही समयमा धेरै पानी घटेर पोखरीका रुपमा देखिन थालेको होे। त्यसैगरि ताक्ची क्षेत्रमा वस्दै आउनु भएका फुन्जोक लामाले पनि निक्कै ठुलो जादेको तालको पानीको सतह घटेर गएको बताए।

उनले यी दुई क्षेत्रको मात्र नभएर लाप्चातिरका सात वटा हिमतालम पानीको सतह घटेको माात्र नभएर दुई वटाको त पानी नै सुकेको बताए। उच्च पाटन क्षेत्रमा हिमतालमा पानी सुकेपछि चौरी गाईलाई पिउने पानीको समस्या भएको हो। नाम्खा गाउँपालिका उच्च पाटनमा बीस भन्दा बढी हिमतालहरु रहेको बताउदै उनले तीमध्ये धेरैको पानीको सतह घट्दै गई रहेको बताए। नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले उच्च क्षेत्रका अधिकांश हिमतालको पानीको सतह घटेको बताउँदै यो राम्रो लक्षण नभएको बताए। हिउँदमा हिउँ धेरै नपर्नु, तापक्रम बढ्नु र जलवायु परिवर्तनको कारण यो अबस्था सिर्जना भएको होे।

बाह्रै महिना हिउँ जमिरहने हिमालमा हिजोआज हिउँ पग्लेर कालापत्थर देखिन थालेपछि पानीको श्रोत नै नभएपछि हिमतालमा पानी घ्ट्नु र सुक्नु स्वाभाविक भएको उनले बताए। हिमालमा हिउँ नपर्नु आफ्नो कारण नभएको उताउदै बिकसित र औधोगिक देशको कारण यो समस्या भोग्नु परिरहेको उनले बताए।

नाम्खा गाउँपालिका मात्र नभएर सिमकोट गाउँपालिका– ४ को पञ्चमुखी हिमाल क्षेत्रको दुधे दह र लडे दहको पानी निक्कै सुकेको स्थानीय छिरिङ लामाले बताए। हिउदमा हिउ पर्न कम भएपछि अब यस्ता हिमताल सुक्ने संभावना बढी रहेको उनको भनाइ छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?