
मुगु – कर्णालीका विभिन्न जिल्लाहरूमा मनसुन वर्षा सुरु भएसँगै कृषकहरू खेतीपातीमा ब्यस्त भएका छन्। खासगरी मुगु, डोल्पा, जुम्ला, हुम्ला, मालिकोट लगायतका जिल्लाहरूमा रोपाइँ, गोडमेल, मलछर्ने, कोदो तथा धान रोप्ने जस्ता कृषिक क्रियाकलाप तीव्र रूपमा अगाडि बढिरहेका छन्।
असार महिनाको दोस्रो सातादेखि निरन्तर पानी परिरहेकाले खेतमा पानी जम्न थालेको छ। किसानहरू बिहानैदेखि खेतमा खनजोत, गोरु जोत्ने, रोपाइँ गर्ने काममा जुटिरहेका छन्। महिलाहरू सामूहिक रूपमा खेतमा रोपाइँ गर्ने, कोदो लगाउने, बीउ निकाल्ने कार्यले गाउँमा उत्साह छाएको छ।
स्थानीय कृषक काली प्रशाद रावल अनुसार, ूपछिल्ला केही वर्षमा असार महिनामा वर्षा छिटो हुने गरेको थियो। तर यो वर्ष पानी अलि ढिला परेकाले बात जाने डरले छिटो धान रोप्न र कोदो लगाउने काममा जुटेका छौं।
पर्याप्त सिंचाई सुबिधा नभएको मुगु जिल्लाका अधिकांश ठाउँहरूमा आकासको पानी कुरेर बसेका छायाँनाथ रारा नगरपालिका वडा नं ५ का कृषक कुमबहादुर कार्की खेती पाती धान रोप्न र कोदो लगाउने काममा जुटेका छन्। उनी भन्छन् ू यस बर्ष ढिला वर्षा भयो साउन नलाग्दै सबै खेतीपातीको काम सकिन्थ्यो अहिले त साउन भेटाउला जस्तो छ केगर्ने रुू ढिला वर्षा भएपनि पर्याप्त वर्षा भएको छ अब बाली सुक्ने डर भने छैन कार्की थप्छन्।
सिंचाइको सुविधा सीमित भएका कर्णालीका पहाडी जिल्लाहरूमा वर्षा नै प्रमुख आश्रय हो। त्यही भएर वर्षा सुरु हुनासाथ कृषकहरूले समयको उपयोग गर्न खेतमा झुम्मिएको देखिन्छ।
स्थानीय बासिन्दाहरूले यो वर्षको वर्षा अलि ढिला भएपनि पर्याप्त भएकाले खाद्यान्न उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका छन्।