‘मेरी बास्सै’की ‘अप्सरा आमा’को निधन

‘मेरी बास्सै’की ‘अप्सरा आमा’को निधन
+
-

काठमाडौँ— चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। उनी शुक्रबार राति संसारबाट बिदा भएकी हुन्।

श्रेष्ठ केही महिनादेखि बिरामी थिइन्। उनको निधनको खबर कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

‘मेरी बास्सै’मा धुर्मुसले निभाएको ‘खड्काजी’ पात्रकी छुच्ची स्वभावकी श्रीमती ‘अप्सरा आमा’को भूमिकामा श्रेष्ठले जीवन्त अभिनय गरेकी थिइन्।

उनी स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन् र पछिल्ला केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियलहरूमा पनि अभिनय गरेकी थिइन्।

साथै, उनले ‘लक्का जवान’ फिल्म र थुप्रै म्युजिक भिडियोहरूमा समेत आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन्।

श्रेष्ठको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?