चारआली–बुधबारे सडकअन्तर्गत धाइजनमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

चारआली–बुधबारे सडकअन्तर्गत धाइजनमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
+
-

झापा – झापाको मेचीनगरमा शनिवार साँझ अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पछिल्लो समय अटो र सिटी रिक्साका कारण दुर्घटना बढिरहेका बेला यो घटना भएको हो।
साँझ ५स्१० बजे मेचीनगर–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र।१–०१–००२ ह। ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे।८ प। ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–११ बस्ने ३४ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले अस्पताल पुर्‍याउनेबित्तिकै मृत घोषणा गरेका छन्।

अटोमा सवार बुद्धशान्ति–३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिकसमेत घाइते भएका छन्। दुवै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले अटो चालक बुद्धशान्ति–१ बस्ने ४० वर्षीय युवराज घिमिरे, अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?