शरणार्थी नेता पौड्यालको पुस्तक ‘पर्दापछाडिको भूटान’ सार्वजनिक

शरणार्थी नेता पौड्यालको पुस्तक ‘पर्दापछाडिको भूटान’ सार्वजनिक
+
-

काठमाडौँ- भूटानी शरणार्थी नेता बलराम पौड्यालद्वारा लिखित खोजमूलक पुस्तक ‘पर्दापछाडिको भूटान’ तथा त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ ललितपुरको यलमाया केन्द्रमा सार्वजनिक गरिएको छ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लेखक पौड्यालसँगै अधिकारकर्मी तथा पत्रकार कनमणि दीक्षित, देवेन्द्र भट्टराई र सुशील प्याकुरेलले पुस्तक सार्वजनिक गरेका थिए।

नारायण फुयाल शर्मा र भिष्मप्रसाद सङ्ग्रौलाको सम्पादनमा तयार भएको अङ्ग्रेजी संस्करण सङ्ग्रौलाकै अनुवाद हो।

कार्यक्रममा शरणार्थी तथा राजबन्दी मुद्दामा विमर्श हुँदै वक्ताहरूले भूटान सरकारद्वारा नेपालीभाषीमाथि भएको ज्यादतीको न्यायिक समाधानको माग गरे।

उनीहरूले अझै नेपालमा ६ हजारभन्दा बढी शरणार्थी अन्योलमा रहेको, र भूटानका जेलहरूमा कैयौं नेपाली राजबन्दी रहेको बताए।

अमेरिकाबाट निष्काशित भूटानी शरणार्थीहरूको अवस्था झनै जटिल बन्दै गएको उल्लेख गर्दै वक्ताहरूले नेपाल सरकारलाई गम्भीर कूटनीतिक पहल गर्न आग्रह गरे।

कार्यक्रममा भिष्मप्रसाद सङ्ग्रौलाले सरोकार समूह गठनको प्रस्ताव राखेका थिए, जसमा उपस्थित अधिकारकर्मी तथा बुद्धिजीवी एकमत देखिए।

लेखक पौड्यालले द्विपक्षीय वार्ता पुनः सुरु हुनुपर्नेमा जोड दिँदै २०२५ सालभित्र समस्या समाधानको आशा व्यक्त गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’