बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै
+
-

बागमती- बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।

हिजो बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेशसभा सदस्यहरुले आज बोल्ने कार्यसूची छ ।

बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो । शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।

यसैबीच नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?