
थारू संस्कृतिमा केन्द्रित रहेर कलाकार मनुकुमार चौधरीको एकल कला प्रदर्शनी काठमाडौँमा सुरू भएको छ।
चौधरीका चित्रहररूले थारू समुदायकाे दैनिक जीवन, रितिरिवाज र संस्कृतिलाई झल्काउँछ। प्रदर्शनीमा खुला आकाशमुनि पूरानो तरिकाले कृषि गरिरहेको दृश्य, थारू समुदायको महिलाहरूको शान्त र निर्णायक भूमिकालगायतका विषयलाई प्रस्तुत गरिएको छ।
कलाकार चौधरीले समुदायले सम्मान गर्ने देवताहरुलाई प्रतिविम्बित गरिएको चित्रहरुलाई पनि प्रदर्शनी राखिएको बताए।
तारागाउँ नेक्स्टको आयोजना भएको प्रर्दशनीमा मनुका कृतिहरूमा थारु महिलाहरूको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ। जसमा श्रम, हाँसो, गीत र कथाका कुराहरूलाई समावेश गरिएको छ।
नयाँ उदायमान कलाकारको कलालाई ‘आर्टिस्ट इन स्टुडियो’मा राखेर प्रदर्शनी गरिएको तारागाँउ सङ्ग्रहालका निर्देशक रोशन मिश्रले बताए। प्रदर्शनी असार २८ गते सम्म चल्ने छ।