कांग्रेसको दबाबपछि भूमि सम्बन्धी विधेयक सिधै पारित गर्ने तयारीबाट पछि हट्यो संसद्

कांग्रेसको दबाबपछि भूमि सम्बन्धी विधेयक सिधै पारित गर्ने तयारीबाट पछि हट्यो संसद्
+
-

काठमाडौँ- सत्ता सहयात्री दल कांग्रेसको दबाबका कारण भूमी सम्बन्धी ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटेको छ।

बुधबारको संभावित कार्यसूचीमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई छलफल गरेर सदनबाट सिधै पारित गर्ने उल्लेख थियो।

विधेयकमा कांग्रेसका महामन्त्रीद्वय: गगन थापा र विश्वप्रकाश शर्मालगायतले सरकारले ल्याएको विधेयकले सार्वजनिक जग्गा वितरण गर्ने प्रावधान राखेको भन्दै सच्याउन संशोधन दर्ता गरेका थिए।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विधेयक सम्बन्धित समिमिमा समेत नपठाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारको प्रस्ताव पारित गर्ने कार्यसूची राखेपछि कांग्रेसले आपत्ति जनाएको थियो। कांग्रेसको आपत्तिपछि विधेयक हटाइएको छ।

विधेयकमा कांग्रेसका थापा, शर्मासहित सहमहामन्त्री जीवन परियार सहित कांग्रेस सांसदहरू दिलेन्द्र बडु, राजेन्द्र केसी, सञ्जय गौतम, आशा विक, नागिना यादव, सीता मिजार, रमा पौडेल कोइराला लगायतले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

संशोधन दर्ता गरेका सांसदहरूले सामूहिक रुपमा प्रतिवाद गर्ने तयारी समेत गरेका छन्। संवैधानिक परिषद् ऐन संशोधन विधेयकमा पनि सत्तारुढ एमाले र कांग्रेसबीच मतभेद छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’