
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबमोजिम केन्द्रीय अनुशासन समितिको अध्यक्षमा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई मनोनयन गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्षमा मनोनीत गरेका हुन्।
लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका वक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ।