जस्तापाताले ढाकिँदै परम्परागत घरको छानाः मौलिकता संकटमा

जस्तापाताले ढाकिँदै परम्परागत घरको छानाः मौलिकता संकटमा
+
-

मुगु – कर्णालीका पहाडी बस्तीहरूमा सदियौंदेखि बनाउँदै आएका माटो–ढुङ्गाका परम्परागत घरहरू अहिले अस्तित्व संकटमा परेका छन्। वातावरणमैत्री, मौलिक पहिचान बोकेका यस्ता घरहरू अहिले आधुनिक सामग्रीको प्रयोगका कारण आफ्नो परम्परा र सौन्दर्य गुमाउँदै छन्।

पहिले काठका झ्याल, माटोले लिपपोत गरिएका भित्ताहरू, ढल्किने काठका छाना—यी सबैले स्थानीय वास्तुकलाको पहिचान झल्काउँथे। तर, पछिल्ला केही वर्षयता छाना छाउन जस्ता पाताको प्रयोगले ती संरचनाको मौलिक रूप नै विस्थापित गरिदिएको छ।

छायाँनाथ रारा नगरपालिका–३ का शिक्षक रंगबहादुर कार्की भन्छन्, “पहिले माटाका छतहरूले घरलाई गर्मीमा चिसो र जाडोमा न्यानो बनाउँथ्यो। अहिले जस्ताले गर्दा घरभित्र गर्मीमा सन्तुलन बिग्रिन्छ, वर्षामा आवाज धेरै आउँछ, अनि जाडोमा न्यानोपन हराउँछ।”

पर्यटन व्यवसायी विरेन्द्र बहादुर मल्लका अनुसार, “पहिले गाउँ नै परम्परागत शैलीको सङ्ग्रहालयजस्तो लाग्थ्यो। अहिले घरहरू उस्तै छन्, तर छत फेरिएपछि चिनिनै गाह्रो हुन्छ।” उनी भन्छन्, “जस्ता पाताले गाउँ ‘रंगिन’ देखिए पनि मौलिकता गुमेको छ।”

स्थानीय सञ्चारकर्मी हरिकृष्ण ऐडीको बुझाइमा, “घरको छाना भनेको त्यसको आत्मा हो। जब छानै परिवर्तन हुन्छ, घरको सम्पूर्ण आत्मा हराउँछ।”

यस्ता घरहरूको संरक्षणका लागि राज्य तहबाट कुनै ठोस पहल नभएको गुनासो स्थानीयस्तरमै उठ्न थालेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’