
बाजुरा– बाजुराको बडीमालिका मन्दिरकाे पुनर्निर्माण सम्पन्न भएको छ।
२८ चैत्र २०८१देखि नेपाली सेनाले मन्दिरको पुनर्निर्माण सुरु गरेको थियो। २३ असार २०८२ मा पुनर्निर्माण सम्पन्न भएर अहिले भक्तजनका लागि मन्दिर खुला भइसकेको सेनाले जनाएको छ।
मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा रहेको मन्दिर जीर्ण बनेपछि त्रिवेणी नगरपालिकाको समन्वयमा पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण गरिएको छ।