
क्याप्टेन रामेश्वर थापाको जीवनी (वायोपिक) मा आधारित सिनेमा ‘क्याप्टेन साब’ बन्न भएकाे छ।
गुरु पूर्णिमाको शुभ अवसरमा व्यवसायी डाक्टर उपेन्द्र महतोले क्ल्याप र क्याप्टेन थापाले एक्सन भन्दै फिल्मको सुरुवात गरेका हुन्। क्याप्टेन थापाको यसअघि प्रकाशित ‘बारुदमाथि उड्दा’ र ‘इन्टू द फायर’ पुस्तक पढेपछि फिल्म बनाउन प्रेरित भएको निर्देशक दीपेन्द्र के खनालले बताए।
क्याप्टेन थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्दै छन्। लामिछाने,सुरक्षा पन्तलगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहने छ। पन्तले वायोपिक फिल्म भएकाले आफू संवेदनशील भएको बताइन्।
दीपेन्द्रले यसअघि निर्देशन गरेको ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा थिए। क्याप्टेन साबमा निर्देशक दिपेन्द्र स्वयं निर्माताका रुपमा रहेका छन्। अर्का निर्माता करण श्रेष्ठले फिल्म भव्य हुने उल्लेख गरे। श्रृष्टिमा खनाल निर्माता रहेको यस फिल्ममा कार्यकारी निर्मातामा श्रृजना नापित रहेकी छिन्। कृष्णबहादुर थापा छायाँकारका रुपमा रहेका छन्।