
हुम्ला – अफिम पाँच किलोसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका –१० तालबारीबाट जुनिचाँदे गाउँपालिका –१० का जयबहादुर बस्नेत पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी दिए। प्रहरीले पक्राउ परेका व्यक्तिबाट तौल गर्ने डिजिटल तराजु एक थान, विभिन्न बैंकका चेक पाँच थान र नगद चार हजार ७३० रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उक्त अफिमको मूल्य प्रतिकिलो एक लाख ६० हजार पर्छ। पक्राउ पर्ने व्यक्तिबाट आठ लाख ८६ हजार चारसय मूल्य पर्ने छ। पहाडी जिल्ला जाजरकोटलगायत स्थानबाट अफिम उत्पादन, संकलन गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी कार्यालयले जनाएको छ। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार १०० ग्राम माथि अफिमको कारोबार गर्नेलाई १५ वर्षसम्म कैद र पाँच लाखदेखि २५ लाखसम्म सजाय हुने व्यवस्था छ। पछिल्लो समय लागूऔषध कारोबार र सेवनकर्ताहरुको संख्या बढ्दो छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख, जेठ, र असार महिनामा लागूऔषधसहित ४४ जना प्रक्राउ परेका छन्।