४० केजी गाँजासहित पाँच जना पक्राउ

४० केजी गाँजासहित पाँच जना पक्राउ
+
-

काठमाडौँ- नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा संलग्न दुई जना पक्राउ नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीका अनुसार २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए ।

सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौँ गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?