
काठमाडौँ – नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ।
बुटवलमा रहेको करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौँको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो।
न्यू प्लाजा जाने बाटोमा खोलिएको करेन्ट पोइन्टको उद्घाटन समारोहमा अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो। उ
समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाडौँमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए।
उनले भने, ‘काठमाडौँका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौँ, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ।’
उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी गराएका थिए।
करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्।