अस्पताल उद्घाटन गर्न रिबन काट्न लाग्दा प्रधानमन्त्री ओलीले जग्गादाता खोजेपछि…

अस्पताल उद्घाटन गर्न रिबन काट्न लाग्दा प्रधानमन्त्री ओलीले जग्गादाता खोजेपछि…
+
-

झापा – झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर गाउँपालिका कार्यालयले दुई दिनअघिदेखि प्रचार गरेको थियो। सोही प्रचारका क्रममा पालिकाबासीलगायत अन्य स्थानका व्यक्तिहरूले सामाजिक सञ्जालमा अनेकौं टिप्पणी गरेका थिए।

यसअघि नै उद्घाटन भइसकेको अस्पताललाई किन फेरि अर्को पटक उद्घाटन गर्नुपर्‍यो भनेर पालिकाबासीको जिज्ञासा थियो। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको भवनको शिलालेख प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरे।

उनैले अस्पताल भवन पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि रिबन काट्ने बेलामा प्रधानमन्त्री ओलीले भागिरथा न्यौपानेका छोरा कुलप्रसाद न्यौपाने र जेठी बुहारी गंगादेवी न्यौपानेलाई खोजे। दर्शक दीर्घामा रहेका कुलप्रसाद न्यौपाने र गंगादेवी न्यौपानेलाई रिबन काट्न प्रधानमन्त्रीले बोलाए र न्यौपानेद्वयको हातबाट अस्पताल भवनको उद्घाटन गर्न लगाए।

गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए। त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन। यसअघि पटक/पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिबार विधिवत उद्घाटन गरिएको हो।

अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करोडौं मूल्य बराबरको जमिन अस्पताल निर्माणलाई दान गरेपछि भागिरथा मात्र नभएर आफ्नै प्रस्तावमा अस्पतालको नाममा ‘भागिरथा न्यौपाने’ जोडिएको बताए।

उनले भने, ‘भागिरथा न्यौपानेलाई मैले राम्ररी चिनेको हुँ। मैले राजनीति नबुझ्दै उहाँ राजनीतिज्ञ हुनुहुन्थ्यो। पहिलो महिला प्रधानपञ्च हुनुहुन्थ्यो। जनताको सेवक हुनुहुन्थ्यो। त्यसैले उहाँको आधा नामबाट होइन पूरा नाम अस्पतालको नाममा समावेश हुनुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ।’

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ। अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ।

अस्पतालको स्तरोन्नति र पहिलो तला निर्माणका लागि संघीय सरकारलाई पालिका अध्यक्ष मनोज प्रसाईंले माग पत्र बुझाएका छन्।

उनले आफ्नो सम्बोधनका क्रममा अस्पताल स्थापना कालदेखि अहिलेसम्मका प्रगति सुनाएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले संघीय सरकारका तर्फबाट सकेसम्म सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?