नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
+
-

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा आज शुक्रबार कक्षा ५ देखि १० सम्मका शिक्षक/शिक्षिकाहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् । उनले २१औँ शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि एआई जस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन यस्ता तालिमहरू महत्त्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले शिक्षाको गुणस्तर अभिवृद्धिमा नीतिगत रूपमा प्रष्ट मार्गचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै एआई पाठ्यक्रम त्यसैको एउटा सशक्त आधार रहेको बताए ।

प्रमुख वक्ता तथा प्रशिक्षक प्रा.डा.सुदन झाले पाठ्यक्रम विकासको पृष्ठभूमि र संरचना प्रस्तुत गर्दै शिक्षकहरूले एआईलाई डराउने विषय नभई सहायक औजारको रूपमा बुझ्नुपर्ने धारणा राखे। उनले भने, “सन्तुलित रूपले यसको प्रयोग गर्न सके शिक्षामा नयाँ क्रान्ति सम्भव छ।”

कार्यक्रममा आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले शिक्षा क्षेत्रमा एआईको प्रयोग र सम्भावनामाथि विशेष मन्तव्य राख्दै शिक्षकहरू एआई प्रयोगमा सशक्त भए मात्र हामीले भविष्यका लागि तयार विद्यार्थी उत्पादन गर्न सक्ने बताए ।

तालिममा सहभागी शिक्षकहरूका तर्फबाट द एक्सेलसियर स्कुल, काठमाडौँका शिक्षक प्रतीक सुवेदीले एआई जस्तो जटिल विषयलाई सरल र व्यवहारिक तरिकाले सिकाइको माध्यम बनाइदिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’