महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै

महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
+
-

काठमाडौँ– सौन्दर्य प्रतियोगिताको परम्परागत अवधारणालाई परिवर्तन गर्दै इम्पावर इभेन्टले महिला सशक्तीकरणलाई केन्द्रबिन्दुमा राखेर ‘मिस एन्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल’ प्रतियोगिता आयोजना गर्ने भएको छ।

यो अमेरिकन फ्रेन्चाइज प्रतियोगिता सौन्दर्यका आधारमा मात्र नभई हरेक उमेर समूहका महिलाहरूमा रहेको प्रतिभा र कथाहरूलाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा टिन, मिस, मिसेस, सिंगल मदर, डिभोर्सी तथा विधवा महिलाहरूले समेत सहभागिता जनाउन सक्नेछन्। यस प्रतियोगिताको निर्देशक मिसेस भोग नेपाल २०२४ की विजेता पूजा पाख्रिन छिन्। उनले नेपालमा भइरहेका ब्यूटी प्याजेन्टभन्दा भिन्न अवधारणामा महिलाहरूलाई सशक्त बनाउने प्रतियोगिताको आवश्यकता महसुस गरी यो पहल अघि बढाएकी हुन्।

निर्देशक पाख्रिनका अनुसार, ‘ब्युटी प्याजेन्ट भन्ने बित्तिकै निश्चित उचाइ र सौन्दर्य भएका महिलाहरूले भाग लिने प्लेटफर्म हो भन्ने आम सोचाइमा परिवर्तन ल्याउन यो प्रतियोगिता आयोजना गरिएको हो।’ उनले अन्तर्राष्ट्रिय स्तरको प्याजेन्ट कुन तहको हुनुपर्छ भन्ने बेन्चमार्क स्थापित गर्ने गरी प्रतियोगिता सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतियोगितामा सहभागी हुने महिलाहरूलाई व्यक्तित्व विकास, ग्रुमिङ, आत्मविश्वास अभिवृद्धि, करिअर केन्द्रित वर्कशप, महिला सशक्तीकरणसम्बन्धी सेमिनारहरू, प्रोफेसनल फोटो सुट, रनवे ट्रेनिङ, स्टाइलिङ सेसन तथा देश-विदेशका प्रतिष्ठित डिजाइनर र विज्ञहरूसँग अन्तरक्रिया गराइनेछ।

इम्पावर इभेन्टका कार्यकारी निर्देशक श्रीजल विक्रम शाहीले हरेक उमेर समूहका महिलाहरूमा रहेका प्रतिभा र कथाहरूलाई प्रस्फुटन हुन दिएर उनीहरूको आत्मविश्वास बढाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए। प्रतियोगिताका क्रिएटिभ हेड पुरन जोशीले प्रतियोगीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनमा आवश्यक पर्ने विविध ज्ञान र सीप अभिवृद्धि गर्न ग्रुमिङ गरिने जानकारी दिए।

प्रतियोगिताका लागि फिजिकल अडिसन सम्पन्न भइसकेको छ, जसबाट ३५ जना प्रतियोगी छनोट भएका छन्। काठमाडौँ उपत्यका बाहिरका प्रतियोगिहरूका लागि डिजिटल अडिसन गरिने निर्देशक पाख्रिनले बताए। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी अगस्ट २९ मा गरिने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?