काठमाडौँका मनोरञ्जन व्यवसायी संगठित, अध्यक्षमा उमा श्रेष्ठ

काठमाडौँका मनोरञ्जन व्यवसायी संगठित, अध्यक्षमा उमा श्रेष्ठ
+
-

काठमाडौँ – काठमाडौँका मनोरञ्जन व्यवसायीहरू आफ्नो हक, हित र सुरक्षाका लागि संगठित भएका छन्। हालै जडीबुटीमा सम्पन्न उनीहरूको राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की रहेका छन्।

त्यसैगरी, महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा कुमार अधिकारी, होमबहादुर कार्की, रोशन बुढाथोकी, सुवास अधिकारी, विजय लामा, पार्वती थापा , रामकुमार बुढाथोकी ,राज सुबेदी, गिता फुयाल कार्की र पासाङ लामा रहेका छन्।

रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ।

अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन्। ‘मनोरञ्जनात्मक क्षेत्र समाज परिवर्तनको सशक्त औजार हो, रोजगारीको ठूलो उद्योग हो, पर्यटन विकासको मेरुदण्ड हो, अर्थतन्त्रको प्रमुख स्रोतको साथै, मध्यम र न्यून वर्गको जीवन धान्ने गोरेटो हो। समग्रमा मुलुकको समृद्धिको आधार हो,’ उनले भनिन्, ‘त्यसैले ठमेल र दरबारमार्ग मात्रै हाेइन, पुरै काठमाडौँलाई २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्छ। राज्यले याे क्षेत्रलाई सम्मानित र मर्यादित उद्योगको रूपमा मान्यता दिनुपर्छ।’

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेक बहादुर तामाङ पनि उपस्थित थिए।

व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुःख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन आग्रह गरे।

रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे। उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउँदै अब मनोरञ्जन व्यवसायीलाई चिन्ता नलिन आग्रह गरे।

नवनिर्वाचित महासचिव सगुन अधिकारीले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना रहेको बताए। त्यसैगरी, उपाध्यक्ष सुजन श्रेष्ठले कलाकारहरूको तलब र सुरक्षाको समस्या समाधान गर्न कलाकारहरूको बेग्लै उपसमिति गठन गर्ने तयारी रहेको जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाललगायत व्यवसायीहरूले आफ्नो मन्तव्य राखेका थिए। व्यवसायीहरूले कार्यक्रममा आफ्ना विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?