कुर्दाकुर्दा थाके राजदूत र अन्य पाहुना तर प्रधानमन्त्री ओली आएनन्

कुर्दाकुर्दा थाके राजदूत र अन्य पाहुना तर प्रधानमन्त्री ओली आएनन्
+
-

काठमाडौँ-  त्रिवि शिक्षण अस्पतालकाे ४३ औँ  वार्षिक उत्सव प्रधानमन्त्री समयमा नपुग्दा खल्लो बन्यो सोमबार। साढे बाह्र बजे दिउँसोका लागि तोकिएको कार्यक्रम ३ बजेसम्म पनि सुरु नभएपछि पाहुनाहरू धमाधम बाहिरिएका छन्।

प्रधाानमन्त्री केपी शर्मा ‌ओली मुख्य अतिथि रहेको कार्यक्रम उनी समयमा नपुग्दा खल्लो बनेको हो।

कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी संघसंस्थाका प्रतिनिधि एवं अन्य सहभागी दुई घण्टादेखि पर्खाइमा थाकेका थिए।

प्रधानमन्त्री नआउँदा कार्यक्रममा आसन ग्रहण गरेका शिक्षामन्त्री रघुजी पन्तलगायत अतिथि बाहिर निस्किएका छन्।

आयाेजकले प्रधानमन्त्री आउन ढिला हुने भन्दै दोस्राे चरणकाे मनाेरञ्जन कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी विभिन्न देशका राजदूतहरू पनि प्रधानमन्त्री ओली घन्टौँसम्म नआउँदा थाकेर हाई काढिरहेका थिए। कार्यक्रमहरूमा ढिलो पुग्नु प्रधानमन्त्री ओलीका लागि अनौठो भने होइन।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?