मुगु – नेपाली कांग्रेस प्रशिक्षण शाखा मुगुको आयोजनामा गमगढीस्थित बीपी स्मृति भवनमा दुईदिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
आईतवारदेखि सुरु भएको उक्त प्रशिक्षणमा ५ सय जना अगुवा कार्यकर्ता, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, वडा, नगर तथा जिल्ला र प्रदेश कार्यसमितिका सदस्य  तथा पदाधिकारी सहभागी थिए।
पार्टी संगठनलाई अझ सशक्त बनाउँदै सांगठनिक सुदृढीकरण, विचार–धाराको पुनःस्पष्टता तथा कार्यदिशा निर्धारण प्रशिक्षणकाे मुख्य उद्देश्य रहेको नेपाली काङ्ग्रेस मुगुले बताएको छ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य र नेपाली काङ्ग्रेसका केन्द्रीय प्रशिक्षण बिभागका निर्देशक डाक्टर, कृष्ण पौड्यालले प्रशिक्षण दिएका थिए। उनीहरूले समसामयिक राजनीतिक अवस्था, पार्टी नीति र संगठन सुदृढीकरणमा जोड दिँदै सहभागीहरूसँग अन्तरक्रिया समेत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले प्रशिक्षण उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। प्रशिक्षण शाखा मुगुका प्रमुख एवं उपसभापति हरिजङ्ग शाहीले यस्ता कार्यक्रमले पार्टीभित्र अनुशासन, सक्रियता र एकता सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

प्रशिक्षण कार्यक्रम समापन समारोहमा पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, नेपाली काङ्ग्रेस निबर्तमान सभापति खड्गबहादुर शाही, कार्यबाहक सभापति कर्णबहादुर रावल, महासमिति सदस्य तिलक बहादुर मल्ल, खतेड गाउँपालिका सभापति लोकराज दाहाल,सोरू गाउँपालिका उपसभापति जितनाथ योगी, प्रदेश क सभापति कार्माफोन्जुक लामा लगायतका बक्ताहरूले पार्टिलाई सुदृढ र बलियो बनाउन प्रशिक्षण कार्यक्रम उपब्धिमुलक रहेको धारणा राखे। उक्त प्रशिक्षण कार्यक्रम नेपालीकाङ्ग्रेस प्रशिक्षण बिभाग प्रमुख एवं पार्टी उपसभापति हरिजङ्ग शाहीको अध्यक्षतामा सन्चालन गरिएमो थियो।


                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































