राष्ट्रिय चलचित्र पुरस्कार

विजय उत्कृष्ट अभिनेता, उपासना उत्कृष्ट अभिनेत्री र मीन उत्कृष्ट निर्देशक

विजय उत्कृष्ट अभिनेता, उपासना उत्कृष्ट अभिनेत्री र मीन उत्कृष्ट निर्देशक
+
-

काठमाडौँ – चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा चलचित्र पूर्णबहादुरको सारंगीबाट विजय बराल उत्कृष्ट अभिनेता घोषित भएका छन्।

उक्त समारोहमा अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

यस वर्षको उत्कृष्ट राष्ट्रिय चलचित्रको रुपमा मीनबहादुर भामद्वारा निर्देशित साम्बालालाई घोषणा गरिएको छ। भामले उत्कृष्ट निर्देशकको अवार्ड पनि यही फिल्मबाट जिते।

छक्का पञ्जा ५ बाट दीपकराज गिरी उत्कृष्ट लेखन, पूजार सार्कीबाट भरत रेग्मी उत्कृष्ट सम्पादन र पिताम्बरबाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार घोषित भए। त्यस्तै, पूजार सार्कीबाट अभिनेता प्रदीप खड्काले निर्णायक समिति प्रोत्साहन पुरस्कार (जुरी अवार्ड) हात पारे।

पुरस्कृतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?