 
                            इंग्ल्यान्डले लर्ड्स टेस्टमा भारतलाई २२ रनले पराजित गरेको छ। सोमबार खेलको अन्तिम दिन भारतलाई जितका लागि १३५ रन आवश्यक थियो। उ सँग ६ विकेट हातमा थियो। तर भारतीय टिमले ११२ रन बनाउँदा आफ्ना सबै विकेट गुमाउन पुग्यो। यो जितसँगै ५ टेस्टको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ। अब चौंथो टेस्ट २३ जुलाइबाट म्यानचेस्टरमा सुरु हुने छ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा जो रुटको १०४ रनको शतकीय इनिङमा ३ सय ८७ रन बनाएको थियो। उसका लागि जेमी स्मिथ र ब्रायडन कर्सले अर्धशतकीय इनिङ खेले। स्मिथ ५१ रनमा आउट हुँदा कर्स ५६ रन बनाएर पेभिलियन फर्किए। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए।
जवाफमा भारतले पनि पहिलो इनिङमा केएल राहुलको शतकमा ३ सय ८७ रननै बनायो। राहुल १०० रनमा आउट हुँदा ऋषभ पन्त ७४ र रविन्द्र जडेजा ७२ रनमा आउट भए। इंग्ल्यान्डका लागि क्रिस वक्सले ३ विकेट लिंदा जोफ्रा आर्चर र बेन स्टोक्सले २-२ विकेट लिएका थिए।
तर दोस्रो इनिङमा इंग्ल्यान्ड केवल १ सय ९२ रनमै समेटिन पुग्दा भारतले १ सय ९३ रनको सामान्य लक्ष्य पाएको थियो। तर भारतले पनि इंग्ल्यन्डलाई सस्तैमा समेटेको फाइदा उठाउन सकेन्। इंग्ल्यान्डका लागि जो रुटको ४० रन सर्वाधिक रह्यो। दोस्रो इनिङमा भारतका लागि वासिंङटन सुन्दरले ४ विकेट लिंदा जसप्रित बुमराह, मोहम्मद सिराजले २-२ विकेट लिंदा नितिश कुमार रेड्डी र आकाश दिपले समान १-१ विकेट लिए।
१ सय ९३ रनको लक्ष्य पछ्याएको भारत १ सय ७० रनमा अलआउट भयो। उसका लागि रविन्द्र जडेजा ६१ रनमा अविजित रहँदा उनले अन्तिम सम्म साथ पाउन सकेनन्। उनी बाहेक ३९ रन बनाउँदा अन्यको प्रदर्शन गतिलो रहेन्।
भारत विरुद्ध जित दिलाउन जोफ्रा आर्चर र बेन स्टोक्सले ३-३ विकेट लिंदा ब्रायडन कर्सले २ विकेट हात पारे। त्यस्तै क्रिस वक्स र सोइब बसिरले समान १-१ विकेट लिए।

 
                                                                             
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































