आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज तथा फ्रन्टलाइन हस्पिटलबीच नगदरहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज तथा फ्रन्टलाइन हस्पिटलबीच नगदरहित सेवा सम्झौता
+
-

काठमाडौँ– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन (फ्रन्टलाइन हस्पिटल) सँग नगद रहित (Cashless) सेवा प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूले अस्पतालमा बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन्।

पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन (फ्रन्टलाइन हस्पिटल) र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच भएको उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज तथा फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरे।

सम्झौतापछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज तथा फ्रन्टलाइन हस्पिटलले आफ्ना ग्राहकहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगद रहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे।

उनले अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट ढुक्क भएर लिन आह्वान पनि गरे।

सोही अवसरमा क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए।

उनले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरू छिटो र छरितो प्राप्त हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा सेवाका लागि कम्पनीसँग सहकार्य गर्दै जाने जानकारी गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?