गायक रामकृष्ण ढकालले पनि सार्वजनिक गरे गालीगलौज गर्ने आइडी

गायक रामकृष्ण ढकालले पनि सार्वजनिक गरे गालीगलौज गर्ने आइडी
+
-

गायिका एलिना र समीक्षाको ‘प्रतिरोध अभियान’लाई समर्थन गर्दै गायक रामकृष्ण ढकालले पनि गालीगलौज गर्ने आइडी सार्वजनिक गरेका छन्।

उनले मंगलबार ४ वटा सामाजिक सञ्जालका आइडी सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘कलाकार भएर ताली र गाली दुबै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु । अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।’

उनले थपेका छन्- यी सबै कुरा मनन गरेर मैले यी तस्वीर सार्वजनिक गरेको छु। यी यस्ता केही अपराधी हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका छन्। केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए। यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन भने केही निगरानी र खोजीको सूचीमा छन्।’

आफूविरुद्ध सामाजिक सञ्जालमा आउने अमर्यादित र अशिष्ट गालीलाई समेटेर आफूले साइबर ब्युरोमा उजुरी दिएको समेत ढकालले उल्लेख गरेका छन्।

जीवनमा संघर्ष गरेर जनतालाई मनोरञ्जन दिएका कलाकारमाथि बर्सिने तुच्छ गालीको असर उनीहरूको जीवनमा पर्ने र यसबारे सबैजना गम्भीर हुनुपर्ने पनि रामकृष्णले उल्लेख गरेका छन्।

मुलुकमा सजाय दिने कानुन हुँदाहुँदै सामाजिक सञ्जालबाट अमर्यादित टिप्पणी गर्नु उचित नहुने उनको धारणा छ । कलाकारमाथिको प्रहारले उनीहरूको प्रस्तुति र सिर्जनामाथि असर परिरहेको बताउँदै रामकृष्णले समाज र राष्ट्रले नै गम्भीर असर भोगिरहेकोतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

‘मैले ममाथि बर्सिएका गालीहरू सप्रमाण सम्बन्धित निकायमा पेश गरेको छु । यहाँ उल्लेख गर्न सकिन कारण त्यसो गर्न लाज त लजायो नै, मर्यादाले पनि दिएन,’ उनले भने।

पछिल्लाे समय एलिना र समीक्षाको ‘प्रतिरोध अभियान’लाई समर्थन गर्दै आफूमाथि घृणाजन्य अभिव्यक्ति दिनेका विरुद्ध सामाजिक सञ्जालमार्फत बाेल्न थुप्रै कलाकार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?