
‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल– २०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जितेका छन्। काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरूले उपाधि चुमेका हुन्।
कार्यक्रममा पूर्वमन्त्री मिन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियान्ता खग्रेद्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।
महिलातर्फ रविना बराईली फर्स्ट रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारु सुना तेस्रो उपविजेता र सविना विक चौथो उपविजेता बनेका छन्। त्यस्तै, पुरुषतर्फ विमोचन विक फर्स्ट रनरअप, ग्रिश विश्वकर्मा सेकेन्ड सनरअप र प्रज्वल खाती थर्ड रनरअप बनेका छन्।
मोडल अलिशा गहजराजको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए ।
कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरूका लागि प्लटफर्म निर्माण गर्नुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए। विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उनको भनाई छ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्ज लगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए।
फिनालेमा विजेताहरूलाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो।