नेप्सेमा ३४ अंकको वृद्धि

नेप्सेमा ३४ अंकको वृद्धि
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो।

आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ एक दशमलव ८१, विकास बैङ्क एक दशमलव २२, वित्त एक दशमलव ७९, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव ०८ र जीवन बीमा शून्य दशमलव ६८ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, लघुवित्त एक दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७६, व्यापार शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ।

सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको रू ५२ करोड ३२ लाख ६३ हजार ६३ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?