पाल्पाका किसान टिमुरखेतीमा आकर्षित, बाँदर र बदेलको आतंकपछि रोजे अन्नबालीको विकल्प

पाल्पाका किसान टिमुरखेतीमा आकर्षित, बाँदर र बदेलको आतंकपछि रोजे अन्नबालीको विकल्प
+
-

तानसेन (पाल्पा) – अन्नबालीमा वन्यजन्तुको बढ्दो आक्रमणले आजित भएका पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदर र बदेलले मकै, कोदोजस्ता बाली नष्ट गर्न थालेपछि यहाँका किसानले सुरक्षित विकल्पका रूपमा टिमुर खेती सुरु गरेका हुन्।

रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी किसान गीता घर्ती भन्छिन्, “हरेक वर्ष मकै लगाउँथे, तर बाँदर र बदेलले सखाप पारिदिन्थे। त्यसपछि टिमुर रोप्न थालेकी हुँ। न बर्बादी हुन्छ, न त घाटा।” अहिले उनले बारीमा ५० वटा टिमुरका बोट लगाएकी छिन्।

घर्ती मात्र होइन, सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोट, पालुङमैनादी, कुसुमखोला, फेक लगायतका गाउँहरूमा सयौं किसानले बाँझो र बाली नलाग्ने जमिनमा टिमुर खेती गर्न थालेका छन्। किसानहरूको भनाइमा टिमुरले न बारी बिगार्छ, न वन्यजन्तुले खाउँछ, बरु बजारमा राम्रो मूल्य पाइन्छ।

रिब्दीकोटका बृद्धबहादुर राना भन्छन्, “पहिले बारीको छेउमा टिमुर रोप्दा हाँसोको विषय बनिन्थ्यो। अहिले सबैजना टिमुर रोप्न थालेका छन्। मैले सुरुमा गरेको प्रयास अहिले आम्दानीको श्रोत बनेको छ।”

टिमुर खेतीबाट हाल पाल्पाका दुई हजारभन्दा बढी किसान लाभान्वित भएका छन्। असारको अन्तिम सातादेखि कात्तिकसम्म किसानहरूले टिमुर बिक्री गरेर वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। रिब्दीकोट–६ का शिवबहादुर जिसीले चार वर्षअघि बाँझो जमिनमा रोपेको टिमुरबाट अहिले वार्षिक दुई लाख आम्दानी गरिरहेको बताए।

टिमुरको माग विशेष गरी सहरी क्षेत्रमा अचार, मसला र औषधिको लागि उच्च छ। अर्गानिक र जडीबुटी प्रयोग गर्ने प्रवृत्ति बढेसँगै टिमुरको बजार मूल्य समेत उकालो लागेको किसानहरू बताउँछन्।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, “अन्य बालीमा बाँदरको आक्रमण हुन्छ, तर टिमुर सुरक्षित हुन्छ। एकपटक रोपिएको बोटबाट वर्षौंसम्म आम्दानी लिन सकिन्छ।” उनका अनुसार कार्यालयले टिमुरको प्रवर्द्धनका लागि बिरुवा वितरण पनि गर्दै आएको छ।

उनी भन्छन्, “पाल्पाको धेरैजसो स्थानको हावापानी टिमुरका लागि उपयुक्त छ। सुरक्षित, टिकाउ र आम्दानीदायी भएकाले टिमुर खेती वन्यजन्तुबाट पीडित किसानका लागि भरपर्दो विकल्प बनेको छ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?