ठमेलको गा: हिटी पुरानै स्वरूपमा पुनर्निर्माण हुँदै, सम्पदा संरक्षणमा महानगरको सक्रियता (तस्बिरहरू)

ठमेलको गा: हिटी पुरानै स्वरूपमा पुनर्निर्माण हुँदै, सम्पदा संरक्षणमा महानगरको सक्रियता (तस्बिरहरू)
+
-

काठमाडौँ काठमाडौं महानगरपालिका वडा नं. २६ मा अवस्थित ऐतिहासिक गा: हिटीको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

जीर्ण अवस्थामा पुगेको यो सांस्कृतिक सम्पदालाई पुरानै स्वरूपमा जगेर्ना गर्न महानगरको सम्पदा तथा पर्यटन विभागको समन्वयमा काम भइरहेको हो।

ठमेल गा:हिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक महत्वलाई ध्यानमा राख्दै भुइँ निर्माणका लागि विशेष ईँटा प्रयोग गरिएको छ भने, काठको काम र रंगरोगन समेत गरिँदैछ। सम्पदाको मौलिकता र परम्परागत शैली जोगाउन ध्यान दिइएको उपभोक्ता समितिले जनाएको छ।

यस परियोजनाको कुल सम्झौता रकम ७३ लाख ३३ हजार रुपैयाँ रहेको छ (भ्याट र ओभरहेड बाहेक)। सम्झौता २०७८ फागुन ६ गते मा भई पुनर्निर्माण कार्य २०८२ फागुन ६ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाले पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिँदै आएको छ। गा: हिटीको पुनर्निर्माण त्यही प्रयासको एउटा महत्वपूर्ण पाटो भएको महानगरका अधिकारीहरूले बताएका छन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?