भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
+
-

राजविराज (सप्तरी) – कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ।

भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका तिरहुतका–४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी–८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो।

अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर सङ्घको सहयोग र समन्वयमा उहाँहरूलाई उद्धार गरिएको स्पष्ट गरे।

नेपाल राष्ट्रिय मुसहर सङ्घ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इञ्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?