किङ्स कलेजले ‘नेपाल आन्टरप्रेनरशिप फोरम’ आयोजना गर्ने, दिगो उद्यमशीलतामा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन

किङ्स कलेजले ‘नेपाल आन्टरप्रेनरशिप फोरम’ आयोजना गर्ने, दिगो उद्यमशीलतामा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन
+
-

काठमाडौँ – नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक, किङ्स कलेजले आगामी साउन ११ र १२ गते (जुलाई २६ र २७, २०२५) ‘नेपाल आन्टरप्रेनरशिप फोरम’ को आयोजना गर्ने घोषणा गरेको छ।

यो अन्तर्राष्ट्रिय सम्मेलन ‘टुवर्डस् सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम’ (दिगो उद्यमशीलता इकोसिस्टमतर्फ) भन्ने मूल नाराका साथ सञ्चालन हुनेछ।

यो सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुनेछन्। दुई दिने यस कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ। सम्मेलनले शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद एवं छलफललाई प्रबर्द्धन गर्न सहकार्यको अवसर प्रदान गर्ने जनाइएको छ।

कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले यस्ता सम्मेलनहरूको महत्त्वबारे प्रकाश पार्दै भने, “उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरूले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न, महत्त्वपूर्ण सञ्जालहरूको निर्माण गर्न, आर्थिक वृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रबर्द्धन गर्न, र विकासशील राष्ट्रका युवाहरूलाई उनीहरूले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्‍याउँछ।”

किङ्स कलेजका अनुसार, सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्ने गरी विचार–विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रवर्तन प्रदर्शन, तथा सञ्जाल निर्माण जस्ता विधाहरू समावेश गरिनेछन्।

यस कार्यक्रममा २०० भन्दा बढी सहभागीहरू हुनेछन्, जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थीहरू सम्मिलित हुनेछन्। यो फोरमले नेपालको उद्यमशीलता विकासमा नयाँ आयाम थप्ने र दिगो आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?