
काठमाडौँ- एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच बैंकका ग्राहकलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकले बैंकको मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।