किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु
+
-

काठमाडौँ – ठमेलस्थित म्युजियम अफ नेपाली आर्टमा किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ। आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन विहान १० बजेदखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ।

प्रदर्शनीको उद्घाटनमा एक सयभन्दा बढी कलाप्रेमीहरुको उपस्थिति थियो। चित्रकला अवलोकनपछि प्राडा अभि सुवेदीले आफूले कैयौँ पटक मानन्धरका चित्रकलाबारे समीक्षा लेखेको उल्लेख गर्दै किरण मानन्धरका चित्रकलामा आफूले लचकता पाउने गरेको बताए।

“किरण मानन्धरका चित्रकलामा ‘ब्रस स्ट्रोक’ निकै कलात्मक देखिन्छन्, रङ्गको मिश्रण बजोड हुन्छ, चित्र हेर्दा सुमधुर सङ्गीत झैँ लाग्छ”, उनले भने, “मैले उहाँका कैयौँ चित्रकला हेरेको छु, उहाँ नेपालको सम्भवतः सबैभन्दा बढी चित्र कोर्ने कलाकारमा पर्नुहुन्छ, उनका सृजनामा प्रत्येक पटक नयाँपन भेट्छु, आज पनि नयाँपन पाएँ।”

एनसेल फाण्डेसनको सहकार्यमा सुरु प्रदर्शनीमा कलाकार किरण मानन्धरले अवलोकनकर्तासँग साक्षात्कार गर्दै अनुभव सुनाए। उनले यसप्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्ने उनको भनाइ थियो।

“मैले यसप्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु, यसबाट दर्शकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ”, उनले भने।

प्रदर्शनीमा मानन्धरले विभिन्न कालखण्डमा कोर्नुभएका चित्रकला अवलोकन गर्न पाइने आयोजक म्यूजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले बताए। नेपाली कला र संस्कृति, परम्परा, धर्म, महिला तथा प्रकृतिसँग सम्बन्धित विभिन्न चित्रकला प्रदर्शनीमा राखिएका छन्। अवालोकनकर्ताले प्रदर्शनी अवलोकनका साथे चित्रकला खरिद समेत गर्न सक्नेछन्। त्यस अवसरमा चित्रकलाहरुको संगालो भएको पुस्तक पनि सार्वजनिक गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?