अख्तियारलाई राप्रपाको ज्ञापनपत्रः भ्रष्टाचार काण्डहरूको छानबिन गर्न माग (तस्बिरहरू)

अख्तियारलाई राप्रपाको ज्ञापनपत्रः भ्रष्टाचार काण्डहरूको छानबिन गर्न माग (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर फैलिएको व्यापक भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार कार्यालय नक्साल पुगेर बुझाइएको ज्ञापनपत्रमा सरकारका उच्च तहका नेतृत्व संलग्न ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन र कारबाहीको माग गरिएको छ।

राप्रपाले सुडान घोटाला, ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद, एनसेल कर छली, ओम्नी समूहसम्बन्धी काण्ड, क्यान्टोन्मेन्ट अनियमितता, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका मुद्दामा राजनीतिक नेतृत्वमाथि अनुसन्धान नगर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामाथि गम्भीर प्रश्न खडा भएको ठहर गरेको छ।

राप्रपाले विशेष गरी भिजिट भिसा अडियो प्रकरण, सहकारी ठगी, रड-सिमेन्टको मूल्यवृद्धि, मेडिकल कलेजको अनियमितता, अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमिततालगायतका विषयमा अनुसन्धान प्रक्रियामा भइरहेको ढिलासुस्तीप्रति पनि आपत्ति जनाएको छ।

राप्रपाले ज्ञापनपत्रमार्फत नयाँ–पुराना सबै भ्रष्टाचार काण्डको पुनः र व्यापक छानबिन गरी दोषीहरूलाई कारबाही गर्न र राजनीतिक तहमा पनि उन्मुक्ति नदिन माग गरेको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?